डा.तीर्थ श्रेष्ठलाई षडानन्द राष्ट्रिय पुरस्कार

काठमाडाैं | मंसिर १३, २०७९

डा.तीर्थ श्रेष्ठलाई षडानन्द राष्ट्रिय पुरस्कार

काठमाडौं:   समाज सुधारक षडानन्दको १८८औँ जयन्तीका अवसरमा विभिन्न व्यक्ति र संस्थालाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । १५औँ स्थापना दिवसका अवसरमा आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान काठमाडौँले षडानन्द राष्ट्रिय पुरस्कार, राष्ट्रिय समाज सेवा पुरस्कार, षडानन्द क्षेत्रीय पुरस्कार क्रमशः वनस्पतिविज्ञ डा तीर्थबहादुर श्रेष्ठ (ललितपुर), परोपकार संस्था (काठमाडौँ) र दुर्गाप्रसाद अधिकारी (भक्तपुर) लाई अर्पण गरेको हो । 

 

पुरस्कारको राशि क्रमशः रु एक लाख, एकाउन्न हजार र एकाउन्न हजार रहेको छ । परोपरकार संस्थाका अध्यक्ष हितकरवीर सिंह कंसकारले पुरस्कार ग्रहण गर्नुभएको थियो । त्यसैगरी, सोमप्रसाद खतिवडालाई रु ३५ हजार राशिसहितको विद्वत्वृत्ति सम्मान प्रदान गरियो ।


सो अवसरमा प्रतिष्ठनलाई आर्थिक सहयोग गर्नुहुने प्रा डा बद्री विशाल भट्टराई (भक्तपुर), इन्दुकुमारी घले गुरुङ (काठमाडौँ), डा. रुपनारायण श्रेष्ठ (काठमाडौँ) र वीरबहादुर बस्नेत(मोरङ) लाई दाता सम्मान प्रदान गरिएको थियो । वरिष्ठ शिक्षाविद् प्रा। डा सुरेशराज आचार्य  र प्रतिष्ठानका अध्यक्ष प्रा। चेतोनाथ गौतमले उहाँहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो ।

    
सो अवसरमा प्रा डा सोमप्रसाद खतिवडाद्वारा लिखित ‘ब्रह्मचारी षडानन्दले प्रारम्भ गरेका सांस्कृतिक परम्परा’ कृतिको लोकार्पणसमेत गरिएको थियो । सो अवसरमा प्रा डा सुरेशराज आचार्य, पुरस्कृत व्यक्तिहरु डा तीर्थबहादुर श्रेष्ठ, दुर्गाप्रसाद अधिकारी, हितकरवीर सिंह कंसकारलगायतले शिक्षासेवी बालागुरु षडानन्दको व्यक्तित्व र समाज सुधार तथा शिक्षा क्षेत्रमा पु¥याउनुभएको योगदानबारे चर्चा गर्नुभएको थियो ।

    
पिता लक्ष्मीनारायण अधिकारी र माता रुक्मिणी अधिकारीको छोराको रुपमा विक्रम सम्वत १८९२ मा मङ्सिर शुक्ल पञ्चमीको दिन भोजपुरको दिङ्लामा जन्मुनुभएका षडानन्दको निधन विक्रम सम्वत् १९७३ मा काठमाडौँको पचली घाटमा भएको थियो ।

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्

काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

थप पढ्नुहोस्

ढोरपाटनः  नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले जोडिएको छ । भौगोलिक विकटताका कारण अहिलेसम्म केन्द्रीय लाइन पुग्न सकेको थिएन । ढोरपाटन उपत्यकासहित आसपासका बस्ती लघुजलविद्य...

थप पढ्नुहोस्